थपिए तीन कोरोना संक्रमित

May 21, 2020 08:31 PM Merolagani



 बिहीबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु बाँके र कपिलवस्तुका रहेका छन् ।

 

संक्रमितहरु बाँके नरैनापुर-३का ३२ वर्षिय पुरुष,खजुरा-३का ४२ वर्षिय महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिकाका १९ वर्षिय युवक हुन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५६ पुगेको छ । तर, मन्त्रालयले विज्ञप्तिमा कुल संख्या ४५७ उल्लेख गरेको छ।