भारतीय केन्द्रिय बैंकले ०.४० प्रतिशत विन्दु घटायो रिपो दर, रिभर्स रिपो ३.३५ प्रतिशतमा झार्याे

May 22, 2020 11:42 AM Merolagani



रिजर्भ बैक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले रिपो दर र रिभर्स रिपोमा कटौती गर्ने निर्णय गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै दासले रिपो दर ०.४० प्रतिशत विन्दु कटौती गर्ने घोषणा गरेका हुन्। योसँगै रिपो दर ४.४० बाट घटेर ४ प्रतिशत हुनेछ।  

यसैगरी, रिभर्स रिपो पनि ३.७५ बाट ३.३५ प्रतिशतमा झारेको छ। मनिटरी पोलिसी कमिटिका ६ मध्ये ५ जना सदस्यहरुले रिपो दर घटाउने पक्षमा घटाउने पक्षमा भोट दिए। 

त्यस्तै, ऋणको किस्ता बुझाउनका लागि पनि ३ महिनाको अतिरिक्त छुट दिइएको छ। 

कमिटिको वैठक ३ जूनमा हुने भनिएको थियो तर पहिले नै गरिएको हो। 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।