भारतीय केन्द्रिय बैंकले ०.४० प्रतिशत विन्दु घटायो रिपो दर, रिभर्स रिपो ३.३५ प्रतिशतमा झार्याे

May 22, 2020 11:42 AM Merolagani



रिजर्भ बैक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले रिपो दर र रिभर्स रिपोमा कटौती गर्ने निर्णय गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै दासले रिपो दर ०.४० प्रतिशत विन्दु कटौती गर्ने घोषणा गरेका हुन्। योसँगै रिपो दर ४.४० बाट घटेर ४ प्रतिशत हुनेछ।  

यसैगरी, रिभर्स रिपो पनि ३.७५ बाट ३.३५ प्रतिशतमा झारेको छ। मनिटरी पोलिसी कमिटिका ६ मध्ये ५ जना सदस्यहरुले रिपो दर घटाउने पक्षमा घटाउने पक्षमा भोट दिए। 

त्यस्तै, ऋणको किस्ता बुझाउनका लागि पनि ३ महिनाको अतिरिक्त छुट दिइएको छ। 

कमिटिको वैठक ३ जूनमा हुने भनिएको थियो तर पहिले नै गरिएको हो। 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।