कोरोना भाइरसको औषधि भन्दै विष पिलाई पुरै परिवार मार्ने प्रयास

May 22, 2020 02:53 PM Merolagani



नक्कली स्वास्थ्यकर्मी बनि कोरोना भाइरसको औषधिभन्दै विष पिलाई पुरै परिवारलाई मार्ने प्रयास गरिएको छ।

 

भारतको बाहिरी दिल्लीको अलीपुरमा बस्ने एक ४२ वर्षिय विक्रमलाई दुई व्यक्ति महिला भेट्न आएका थिए। आफुलाई स्वास्थ्यकर्मी बताउने ती महिलाहरुले विक्रमसहित उनका परिवारका ३ सदस्यहरुलाई कोरोनाको औषधि पिलाएका थिए। त्यसको केही समयपछि ती चारैजना बिरामी परे र सबैलाई अस्पताल भर्ना गरिएको छ।

प्रदिप नामका व्यक्तिले आफ्नी श्रीमतीको प्रेमि विक्रमसँग बदला लिन यस्तो षडयन्त्र रचेको पुलिस अनुसन्धानबाट खुल्न आएको छ। गाउँबाट आएकी प्रदिपकी श्रीमतीको विक्रमसँग अवैध सम्बन्ध रहेको र त्यसैको बदला लिन योजना बनाई दुई महिला राखिएको अलीपुर पुलिसले बताएको छ।

पुलिसले घर नजिकै रहेको सीसी टिभी फुटेजको सहायताले प्रदिपलाई पक्राउ गरेको हो। उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। अहिले ती दुई महिला र प्रदिप पुलिसको हिरासतमा छन् र उनीहरुको सोधपुछ जारी छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।