कोरोना भाइरसको औषधि भन्दै विष पिलाई पुरै परिवार मार्ने प्रयास

May 22, 2020 02:53 PM Merolagani



नक्कली स्वास्थ्यकर्मी बनि कोरोना भाइरसको औषधिभन्दै विष पिलाई पुरै परिवारलाई मार्ने प्रयास गरिएको छ।

 

भारतको बाहिरी दिल्लीको अलीपुरमा बस्ने एक ४२ वर्षिय विक्रमलाई दुई व्यक्ति महिला भेट्न आएका थिए। आफुलाई स्वास्थ्यकर्मी बताउने ती महिलाहरुले विक्रमसहित उनका परिवारका ३ सदस्यहरुलाई कोरोनाको औषधि पिलाएका थिए। त्यसको केही समयपछि ती चारैजना बिरामी परे र सबैलाई अस्पताल भर्ना गरिएको छ।

प्रदिप नामका व्यक्तिले आफ्नी श्रीमतीको प्रेमि विक्रमसँग बदला लिन यस्तो षडयन्त्र रचेको पुलिस अनुसन्धानबाट खुल्न आएको छ। गाउँबाट आएकी प्रदिपकी श्रीमतीको विक्रमसँग अवैध सम्बन्ध रहेको र त्यसैको बदला लिन योजना बनाई दुई महिला राखिएको अलीपुर पुलिसले बताएको छ।

पुलिसले घर नजिकै रहेको सीसी टिभी फुटेजको सहायताले प्रदिपलाई पक्राउ गरेको हो। उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। अहिले ती दुई महिला र प्रदिप पुलिसको हिरासतमा छन् र उनीहरुको सोधपुछ जारी छ।

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।