पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

May 22, 2020 04:24 PM Merolagani



पाकिस्तानमा विमान दुर्घटना भएको छ। एक सय सात जना सवार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको हो।

 घना बस्ती नजिकै भएको साे दुर्घटना पाकिस्तानको कराँची शहरमा विमान अवतरण गर्ने क्रममा भएको हाे । पाकिस्तानी इन्टरनेशनल एयरलाईन्सको उक्त विमान लाहोरबाट कराँचीको जिनाह अन्तराष्ट्रिय विमानस्थलतर्फ आइरहेको थियो । विमान अवतरण गर्ने क्रममा मोडल कोलोनी नजिकै दुर्घटना भएको बीबीसीले जनाएको छ ।

विमानमा ९९ जना यात्रु तथा आठ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ।सामाजिक संजालमा दुर्घटनाका भिडियोमा कालो धुँवा निस्किएको देख्न सकिन्छ । यद्यपी दुर्घटनामा भएको मानविय क्षतिको बारेमा विवरण आइसकेको छैन । केहि दिन अघि मात्र पाकिस्तानमा काेरोना भाइरसका कारण भएको लकडाउन खाेलिए पछि व्यवसायिक उडान खुल्नासाथ विमान दुर्घटना भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान  खानले विमान दुर्घटना भएकोमा दुख व्यक्त गरेका छन् । उनले ट्वीटर मार्फत दुर्घटनामा परेकाको परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।