थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

May 22, 2020 08:29 PM merolagani



शुक्रबार थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१६ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित पुष्टि हुनेमा मकवानपुर हेटौडाकी ५४ वर्षिय महिला र भक्तपुरका एकजना महिला रहेकी छिन् भने सप्तरी बालान (बिहुल गांँउपालिकाका ३५ वर्षिय पुरुष र बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, र ४५ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नयाँ संक्रमित भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।