थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५४८ पुग्यो

May 23, 2020 08:52 AM Merolagani



शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका ७ पुरुष तथा १ महिला, सर्लाही गोडैता, कविलासी नगरपालिकाका १३ जना पुरुष, बारा करैयामाई गाउँपालिकाकी १ जना महिला र काठमाडौँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देही, गैडहवा र रोहिणी गाउँपालिकाका ८ पुरुष र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा चितवन, भरतपुर ६ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।