थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५४८ पुग्यो

May 23, 2020 08:52 AM Merolagani



शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका ७ पुरुष तथा १ महिला, सर्लाही गोडैता, कविलासी नगरपालिकाका १३ जना पुरुष, बारा करैयामाई गाउँपालिकाकी १ जना महिला र काठमाडौँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देही, गैडहवा र रोहिणी गाउँपालिकाका ८ पुरुष र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा चितवन, भरतपुर ६ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।