नेपाल लाइफको अग्रता कायमै, नेप्सेमा सूचीकृत कुन जीवन बीमा कम्पनी कस्तो ?

May 23, 2020 07:30 PM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले पछ्याउँदै आइरहेका छन् ।

आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो ।

चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष र चुक्ता पूँजीमा अग्रस्थानमा छ ।

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । यस्तै सुर्या, प्राइम, एशियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्को चुक्ता पूँजी भने सबै भन्दा कम एक अर्ब ८७ करोड रुपैयाँ छ ।

खुद बीमा शुल्क करिब ४३ अर्ब, नेपाल लाइफको मात्रै ४२.९८ प्रतिशत योगदान

नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल ४२ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यसमा नेपाल लाइफले मात्रै १८ अर्ब ४१ करोड ७३ लाख रुपैयाँ अर्थात ४२.९८ प्रतिशत योगदान छ ।

यस्तै एलआइसी नेपालले १० अर्ब ३१ करोड रुपैयाँ, नेशनल लाइफले ५ अर्ब ६५ करोड, एशियन लाइफले ३ अर्ब ९ करोड, प्राइम लाइफले २ अर्ब २३ करोड र सूर्या लाइफ १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । सबै भन्दा कम गुराँस लाइफले १ अर्ब ३५ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।

सात कम्पनीको खुद नाफा करिब ढेड अर्ब

सात जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस पछि नेशनल लाइफ इन्स्योरेन्सले ३१ करोड ५६ लाख, सुर्या लाइफले १८ करोड ६७ लाख, प्राइम लाइफले १८ करोड ३० लाख, एशियन लाइफले १३ करोड ७ लाख, एलआइसी नेपालले १० करोड ७६ लाख र गुराँस लाइफले सबै भन्दा कम ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

जगेडा र जीवन बीमा कोष पनि नेपाल लाइफ बलियो

जगेडा र जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबैभन्दा धेरै रकम सञ्चित छ । नेपाल लाइफको जगेडा कोषमा २ अर्ब ७३ करोड र जीवन बीमा कोषमा ८१ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै नेशनल लाइफको जीवन बीमा कोषमा ३१ अर्ब ५२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै सबै गुराँस लाइफको जगेडा कोषमा सबैभन्दा कम ३६ करोड ६४ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा सूर्या लाइफको सबै भन्दा थोरै ६ अर्ब ६४ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानीमा नेशनल लाइफ र नेटवर्थमा नेशनल लाइफ अगाडि

प्रतिशेयर आम्दानीमा नेशनल लाइफ इन्स्योरेन्स अघि देखिएको छ भने नेटवर्थका आधारमा भने प्राइम लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेशनल लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७३ पैसा कायम छ ।

यस्तै प्राइम लाइफको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा, सूर्या लाइफको प्रति शेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा, नेपाल लाइफको ११ रुपैयाँ ३३ पैसा, एशियन लाइफको ८ रुपैयाँ ६७ पैसा, एलआइसी नेपालको ७ रुपैयाँ १३ पैसा प्रति शेयर आम्दानी रहेका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको सबै भन्दा कम ५ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेटवर्थ आधारमा भने प्राइम लाइफ इन्स्योरेन्स अघि देखिन्छ । प्राइमको प्रतिशेयर नेटवर्थ सबै भन्दा धेरै १५२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै सूर्या लाइफको १२७ रुपैयाँ ८५ पैसा, नेपाल लाइफको १४९ रुपैयाँ ७१ पैसा, एलआइसी नेपालको १२५ रुपैयाँ १८ पैसा, एशियन लाइफ १२४ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै सबै भन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५२ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।