काठमाण्डाैंका ३ सहित सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

May 25, 2020 11:01 AM merolagani



सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, धरान, दाङ, हेटौंडा, नेपालगंज र सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । संक्रमितहरु धनुषाका तीन, कपिलवस्तुका तीन, काठमाडौंका तीन, बाराका दुई, रौतहटका २६, सप्तरीका दुई, बर्दियाका एक, बाँकेका चार पुरुष रहेका छन् । यस्तै बाराका २१, दैलेखका ६ पुरुष र दैलेखकै एक महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।