काठमाण्डाैंका ३ सहित सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

May 25, 2020 11:01 AM merolagani



सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, धरान, दाङ, हेटौंडा, नेपालगंज र सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । संक्रमितहरु धनुषाका तीन, कपिलवस्तुका तीन, काठमाडौंका तीन, बाराका दुई, रौतहटका २६, सप्तरीका दुई, बर्दियाका एक, बाँकेका चार पुरुष रहेका छन् । यस्तै बाराका २१, दैलेखका ६ पुरुष र दैलेखकै एक महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।