पुनर्बीमा कम्पनीको शेयर सूचीकरण प्रकृया अघि बढ्यो, सीडीएससीमा अभौतिकरण गरियो

May 26, 2020 07:46 AM Merolagani



सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले नेपाल पुनर्बीमा कम्पनीको शेयर अभौतिकरण गरेको छ। कम्पनीको १० करोड कित्ता शेयर सीडीएससीमा कारोबार हुन सक्ने गरी धितोपत्र अभौतिकीकरण गरिएको हो।

कुल १० करोड कित्ता शेयर मध्ये सर्वसाधरणलाई निष्काशन गरेको एक करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता शेयर रहेको छ।

सीडीएससीले उक्त शेयर धितोपत्र सम्वन्धि ऐन २०६३ तथा सो अन्तर्गतका नियम तथा विनियम वमोजिम अभौतिकीकरण गरिएको जनाएको छ।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको हो ।

त्यस मध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ । सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो ।

कति होला ओपनिङ्ग रेन्ज ?

कम्पनीले सूचीकरणको सबै प्रकृया सकिएपछि मात्रै ओपनिङ्ग रेन्ज निर्धारण गर्ने नेप्सेले जनाएको छ । तर सामान्यतय कम्पनी विवरणपत्र अनुसार रहेको बुक भ्यालुको ३ गुणा सम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ ।

गत आर्थिक वर्षको अपरिष्कृत तथ्यांक अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु १४९ रुपैयाँ ५६ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्युनतम १४९ रुपैयाँ देखि ४४८ रुपैयाँको हाराहारिमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।