बिहीबार १५६ जना कोरोना संक्रमित थपिए

May 28, 2020 02:49 PM Merolagani



बिहीबार थप १५६ जना संक्रिमत थपिएका छन्। योसँगै नेपालमा कोरोना संङ्क्रमितको संख्या एक हजार ४२ पुगेको छ।

बीपी कोइराला स्वास्थ्य प्रज्ञा प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका दुई जना, ३२ र ४७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै, कोशी अस्पतालको परीक्षणमा २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित सबैजना झापाका १६ देखी ४२ वर्षिय पुरुषहरु रहेका छन्।

त्यसैगरी, भरतपुर अस्पतालको परीक्षणमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनी नवलपुरका १९ वर्षिय पुरुष हुन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पाइएकाे छ। संक्रिमतहरू धनुषाका २९ जना रहेका छन्। संक्रिमतहरू चार वर्षिय बालिका, आठ वर्षका बालक, दुई जना महिला र २५ जना पुरुषहरु रहेका छन्। उनीहरु १४ वर्षदेखि ७० वर्षका रहेका छन्।

त्यस्तै, महोत्तरीका १७ जनामध्ये ४५ वर्षिय एक महिला र १६ जना पुरुषहरु रहेका छन्। उनीहरू १५ देखि ४५ वर्षका रहेका छन्। त्यसैगरी, रौतहटका १२ देखी ३० वर्षका ३ जना पुरुष, सप्तरीका १२ जनामध्ये १८ देखी ४२ वर्षका, सर्लाहीका ७ जना, १७ देखी ३१ वर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो। अन्य संक्रमितहरु सिराहाका ६ जना १४ देखी ४० वर्षका पुरुषहरू, दोलखाका दुई जना १९ र २० वर्षिय पुरुषहरू र सोलुखुम्बुका एक २६ वर्षिय पुरूष रहेका छन्। त्यसैगरी, बझांगका एक जना ५५ वर्षिय, सुर्खेतका २३ जना जसमध्ये बझांगका एक जना, सुर्खेतका १३ जना, दुई र पाँच वर्षिय बालिका र अन्य ११ वर्ष देखि ३७ वर्षका सात पुरुष र २२ देखी ३९ वर्षिय चार महिला रहेका छन्।

यसैगरी एक बोल्न नसक्ने महिला, दैलेखका ८ जना, एक २० वर्षिय महिला र १७ देखी ४० वर्षका अन्य सात जना पुरुष गरी कुल २३ जनाको सुर्खेतको प्रयोगशालामा परीक्षण भएको थियो। गण्डकी प्रयोगशालामा भएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको छ। संक्रमित स्यांग्जाका ३९ वर्षिय महिला र २२ तथा २६ वर्षका पुरुषहरु रहेका छन्। यस्तै, सेती अस्पतालको प्रयोगशालामा थप तीन जनामा काेराेना पाेजेटिभ पाइएकाे छ। जसमध्ये दार्चुलाका एक जना २५ वर्षिय पुरुष, कैलालीका दुई २५ र ३० वर्षिय पुरुषहरू रहेका छन् । हेटौंडाका ५० वर्षिय पुरुष, भेरी अस्पतालको प्रयोगशालामा चार जना, बर्दियाका तीन जना २९ देखि ३४ वर्षका, नेपालगंज, बाँकेका एक जना २८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। धुलिखेल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरु सबै रौतहटका आठ वर्षका बालकदेखि ४० वर्षका पुरुषसम्म रहेका छन्। 

कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज संक्रमितको संख्या १८७ पुगेको छ। जसमध्य पुरुष एक सय ४४ जना र महिला ४३ जना रहेका छन्। पछिल्लो तथ्यांक अनुसार डिस्चार्ज हुनेको संख्या चार रहेको छ जसमध्य दुई जना पुरुष र दुई जना महिला रहेका छन्।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।