शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट विनियोजन, आगामी आर्थिक वर्ष भित्रै साक्षार नेपाल घोषण गर्ने

May 28, 2020 05:42 PM merolagani



सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधितर्फको बजेट बढाएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस क्षेत्रको लागि १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष भित्रै साक्षार नेपाल घोषण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री खतिवडाले आधारभुत शिक्षा सबै नागरिकको पहुँचमा पुर्याइ साक्षार नेपाल घोषण गर्ने बताएका हुन् ।

यस्तै सरकारले मुलकभर विद्यालयका बालबालिकाका लागि दिवा खाजा प्रदान गर्न ७ अर्ब ५२ करोड रुपैयाँ बजेट छुट्टएको छ । त्यसबाट २८ लाख बालबालिका लाभांबित हुने अर्थमन्त्रीको दाबी छ ।

स्नीटरी प्याड निशुल्क उपलब्ध गराउन सरकारले १ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्टएको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।