शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट विनियोजन, आगामी आर्थिक वर्ष भित्रै साक्षार नेपाल घोषण गर्ने

May 28, 2020 05:42 PM merolagani



सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधितर्फको बजेट बढाएको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस क्षेत्रको लागि १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष भित्रै साक्षार नेपाल घोषण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री खतिवडाले आधारभुत शिक्षा सबै नागरिकको पहुँचमा पुर्याइ साक्षार नेपाल घोषण गर्ने बताएका हुन् ।

यस्तै सरकारले मुलकभर विद्यालयका बालबालिकाका लागि दिवा खाजा प्रदान गर्न ७ अर्ब ५२ करोड रुपैयाँ बजेट छुट्टएको छ । त्यसबाट २८ लाख बालबालिका लाभांबित हुने अर्थमन्त्रीको दाबी छ ।

स्नीटरी प्याड निशुल्क उपलब्ध गराउन सरकारले १ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्टएको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।