पत्रकारिता क्षेत्रको व्यवसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने

May 28, 2020 06:34 PM Merolagani



सरकारले पत्रकारिता क्षेत्रको व्यवसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने भएको छ । याेसँगै पत्रकार दुर्घटना बीमा र पत्रकार वुत्ति कोषलाई पत्रकार हितका कार्यक्रमकालागि उपयोग पनि गरिने भएको छ ।

सरकारले सुचना प्रविधि अन्तर्गत संचारमाध्यमलाई प्रर्वद्धन गर्न सार्वजनिक र लोकल्याणकारी विज्ञापन अनलाईन मार्फत समेत प्रकाशनकाे व्यवस्था गर्ने भएको छ ।

यस्तै जातिय एवंम् सामाजिक अभिवृद्धि,स्थानिय भाषा तथा संस्कृतिको संर्वद्धनमा योगदान पुर्याएका स्थानिय प्रशारण माध्यमलाई राज्यले आवश्यक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षमा नविकरण गर्न छुटेका सामुदायिक , निजी तथा सहकारी क्षेत्रबाट संचालित प्रशारण संस्थाले २०७७ पुष मसान्तसम्म इजाजत नविकरण गर्न लाग्ने थप शुल्क र जरिवाना छुट दिइने भएको छ । 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।