पत्रकारिता क्षेत्रको व्यवसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने

May 28, 2020 06:34 PM Merolagani



सरकारले पत्रकारिता क्षेत्रको व्यवसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने भएको छ । याेसँगै पत्रकार दुर्घटना बीमा र पत्रकार वुत्ति कोषलाई पत्रकार हितका कार्यक्रमकालागि उपयोग पनि गरिने भएको छ ।

सरकारले सुचना प्रविधि अन्तर्गत संचारमाध्यमलाई प्रर्वद्धन गर्न सार्वजनिक र लोकल्याणकारी विज्ञापन अनलाईन मार्फत समेत प्रकाशनकाे व्यवस्था गर्ने भएको छ ।

यस्तै जातिय एवंम् सामाजिक अभिवृद्धि,स्थानिय भाषा तथा संस्कृतिको संर्वद्धनमा योगदान पुर्याएका स्थानिय प्रशारण माध्यमलाई राज्यले आवश्यक सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्षमा नविकरण गर्न छुटेका सामुदायिक , निजी तथा सहकारी क्षेत्रबाट संचालित प्रशारण संस्थाले २०७७ पुष मसान्तसम्म इजाजत नविकरण गर्न लाग्ने थप शुल्क र जरिवाना छुट दिइने भएको छ । 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।