राहत प्याकेजकाे गुनासाेमा अर्थमन्त्री बाेले, 'राहत भनेकाे नगद मात्र त हाेइन नि'

May 29, 2020 04:59 PM merolagani



सरकारले आगामी आर्थिक वर्षमा बजेटबाट विभिन्न क्षेत्रहरुलाई ६० अर्ब रुपैयाँको राहात दिने भएको छ । खतिवडाले राहात भनेको नगद मात्रै नहुने बताउदै आफुले सबै उपायहरु अपनाएर राहतको प्याकेज ल्याएको बताएका छन्।

बजेटमा सरकारले नगद दिने, छुट, प्रोत्साहन, क्षतिपूर्ति, कम ब्याजमा ऋण दिने, कम मूल्यमा वस्तु उपलब्ध गराउने  व्यवस्था गरेको र त्यो भनेको करिब ६० अर्ब रुपैयााको रहेको उनले बताए।

सरकारले विद्युतमा ८ अर्ब रुपैयाँको राहत दिएको,ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको, करमा ६ अर्ब रुपैयाँको राहत प्याकेज दिएको उनले बताए। त्यसैगरी सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउन अवधि भर सरकारले ब्यवहोर्ने भएकाले त्यसमा पनि डेढ अर्ब रुपैयाँको राहत दिइएको बताए।

सरकारले दिगो विकासको जग बसोस भनेर अघि बढेको भएपनि कोरोनाले त्यसतर्फ अघि बढ्न नदिएको उनले बताए। उनले स्वास्थ्य कृषि र शिक्षमा बजेट उल्लेख्य बृद्धि गरिएको जानकारी दिए।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।