राहत प्याकेजकाे गुनासाेमा अर्थमन्त्री बाेले, 'राहत भनेकाे नगद मात्र त हाेइन नि'

May 29, 2020 04:59 PM merolagani



सरकारले आगामी आर्थिक वर्षमा बजेटबाट विभिन्न क्षेत्रहरुलाई ६० अर्ब रुपैयाँको राहात दिने भएको छ । खतिवडाले राहात भनेको नगद मात्रै नहुने बताउदै आफुले सबै उपायहरु अपनाएर राहतको प्याकेज ल्याएको बताएका छन्।

बजेटमा सरकारले नगद दिने, छुट, प्रोत्साहन, क्षतिपूर्ति, कम ब्याजमा ऋण दिने, कम मूल्यमा वस्तु उपलब्ध गराउने  व्यवस्था गरेको र त्यो भनेको करिब ६० अर्ब रुपैयााको रहेको उनले बताए।

सरकारले विद्युतमा ८ अर्ब रुपैयाँको राहत दिएको,ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको, करमा ६ अर्ब रुपैयाँको राहत प्याकेज दिएको उनले बताए। त्यसैगरी सामाजिक सुरक्षा कोषमा दर्ता भएका रोजगारदाता र श्रमिकले तिर्नुपर्ने रकम लकडाउन अवधि भर सरकारले ब्यवहोर्ने भएकाले त्यसमा पनि डेढ अर्ब रुपैयाँको राहत दिइएको बताए।

सरकारले दिगो विकासको जग बसोस भनेर अघि बढेको भएपनि कोरोनाले त्यसतर्फ अघि बढ्न नदिएको उनले बताए। उनले स्वास्थ्य कृषि र शिक्षमा बजेट उल्लेख्य बृद्धि गरिएको जानकारी दिए।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।