नेपाल बंगलादेश बैँकको कोरोना नियन्त्रण कोषमा एक करोड ४५ लाखको सहयोग

May 31, 2020 04:42 PM Merolagani



नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड ४५ लाख प्रदान गर्ने निर्णय बमोजिम नेपाल सरकारको उक्त कोषमा एक करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरका हुन् । यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा पाँच लाख रुपैयाँ हस्तान्तरण पनि गरेको छ ।

 




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।