उनले भने,‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फहराएर जयनगरबाट जनकपुर रेल सञ्चालन गर्नेछ । त्यसको लागि आवश्यक रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छु ।’ यस्तै उनले २ वटा रेल खरिद प्रक्रिया पनि पूरा गरेको बताए ।
मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको पनि जानकारी दिए ।‘पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ' मन्त्री नेम्वाङले भने ।
यस्तै उजले प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड बराबरको खरिद प्रक्रिया अगाडि बढ्नुका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकमा बजेट विनियोजन गर्नुले भैगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी बताए ।
नागढुङ्गा राजमार्गलाई अगाडि बढाउन र अन्य सात वटा सुरुङका लागि, काठमाडौंमा फ्लाई ओभर र अन्डरपासका निर्माण गर्नको निम्ति बजेटको व्यवस्था गरिएको जानकारी गराए ।