आइएमई पेले सर्वसाधारणलाई शेयर जारी गर्नका लागि अनुमति मागेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘भुक्तानी प्रदायक संस्था आइएमई पेले २० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न अनुमतिका लागि निवेदन दिएको छ,’ उनले भने, ‘भुक्तानी प्रदायक संस्थालाई शेयर जारी गर्न सक्ने बाटो खुला गरिदिएपछि आइएमई पेले निवेदन दिएको हो ।’
सञ्चालनमा रहेका सबै भुक्तानी प्रदायक संस्थाले सर्वसाधारणलाई शेयर जारी गर्नैपर्छ भन्ने बाध्यता भने नभएको कार्यकारी निर्देशक नेपालले बताए । ‘जसले सर्वसाधारणलाई शेयर जारी गर्छु भनेर अनुमति माग गर्छ त्यसैले पाउने छ,’ उनले भने, ‘जसले सर्वसाधारणलाई शेयर जारी गर्दैन भन्छ त्यस्तो भुक्तानी प्रदायक संस्थाले भने शेयर जारी नगरे पनि हुन्छ ।’
आइएमई पे, इसेवा सहित १३ वटा भुक्तानी प्रदायक संस्थाले शेयर जारी गर्ने तयारी रहेको बुझिएको छ ।
राष्ट्र बैंकले सोमबार मात्र सञ्चालनको अनुमति लिएका भुक्तानी सेवा कम्पनीले शेयर जारी गर्न सक्ने गरी नियमावली ल्याएको थियो ।
केन्द्रीय बैंकले भुक्तानी प्रदायक संस्थालाई पनि साधारण शेयर जारी गर्न सक्ने व्यवस्था गरेपछि उक्त संस्थाले सर्व साधारणलाई शेयर जारी तयारी गरेका हुन् ।
केन्द्रीय बैंकले भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ जारी गरी यस्तो व्यवस्था गरेको हो ।
भुक्तानी प्रदायक संस्था स्थापना भएको ३ वर्षपछि साधारणलाई २० प्रतिशत शेयर जारी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा