मिर्मिरेले नागबेलीलाई प्राप्ति गर्न डाक्याे विशेष साधारण सभा

Jun 18, 2020 01:21 PM Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। लघुवित्तको बुधबार बसेको संचालक समितको बैठकले असार २० गते शनिबार दिनको १ बजे सिद्धार्थ कटेज, तिनकुने, काठमाडौंमा विशेष साधारण सभा बोलाएको हो।

सभाले नागबेली लघुवित्तलाई प्राप्त गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। एक्विजिशन प्रयोजनको लागि मूल्यांकनकर्ताबाट चल अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदनका आधारमा निर्धारण भएको स्वाप अनुपात स्वीकृत समेत गर्नेछ।

यस्तै, मिर्मिरे लघुवित्तले नागबेली र स्वेडा लघुवित्तलाई प्राप्ति गरेपछि हुने संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न शेयर जारी गर्ने तथा सो पश्चात कायम हुने चुक्ता पूँजीको आाधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्नेछ।

पूँजी संरचनामा हुने परिवर्तन लगायत वित्तीय संस्थाको अधिकृत पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएपछि त्यस अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ।

यस्तै नागबेली लघुवित्त (NBBL) ले पनि असार २० गते शनिबार दिनको १२ बजे, होटल टाइमलेस मोमेण्ट, बिर्तामोड झापामा विशेष साधारण सभा बोलाएको छ । 

साधारण सभा प्रयोजनका लागि दुबै संस्थाले असार १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।