अब मेरोलगानी अनलाइन तालिमको भुक्तानी ई–सेवाबाट गर्दा ५ प्रतिशत क्यासब्याक पाइने

Jun 25, 2020 04:46 PM Merolagani



लकडाउनको बेला शेयर बजारका लगानीकर्ता तथा बजारमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि बजारको बारेमा शिक्षा दिने उद्देश्यले मेरोलगानी डटकमले सुपथ मूल्यमा सञ्चालन गरेको विस्तृत अनलाइन तालिमको भुक्तानी अब ई–सेवाबाट गर्न सकिने भएको छ।

मेरोलगानी डटकमले ई–सेवासँगको सहकार्यमा तालिम लिन इच्छुक व्यक्तिहरुलाई यस्तो असहज परिस्थितिमा सहज तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। साथै, लकडाउनको समयमा १० हजार रुपैयाँ पर्ने शेयर तालिम २ हजार ५०० रुपैयाँमा लिन चाहने इच्छुक व्यक्तिहरुले ई–सेवाबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पनि पाउनेछन्।

मेरोलगानी डटकमले हाल शेयरसम्बन्धि दुई प्रकारको अनलाईन तालिम सञ्चालन गरिरहेको छ।

पहिलोः एडभान्स टेक्निकल एनालाईसीस, र

दोश्रोः बेसिक शेयर ट्रेनिङ्ग

यी दुबै १ महिनाका कोर्स हुन् जसमध्ये एडभान्सको २ हजार ५०० रुपैयाँ पर्छ भने बेसिकको १५० रुपैयाँ पर्छ। यी दुबै कोर्सहरुको भुक्तानी ई–सेवाबाट गर्दा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसका साथै, मेरोलगानीको डाटा एनालाइटिक्स सफ्टवेयरको भुक्तानी गर्दा २.५ प्रतिशत क्यासब्याक पाइनेछ। यो योजना साउन ५ गते अर्थात जुलाई २० तारिखसम्ममा लागु हुनेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।