Thu, Mar 12, 2026
आफैँले चलाएको कार दुर्घटना हुँदा न्युज २४ टेलिभिजनका पत्रकार कृण्णबाबु पाण्डेको निधन भएको छ । गए राती बुटवलबाट आफ्नो निवास फर्कने क्रममा तिलोत्तमामा उनी सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा १ ड्राईभर टोलमा बा ७ च ६९५९ नंको कार सडक किनारको फलामे बारमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका पाण्डेलाई उपचारकालागि बुटवलको चौराहा अस्पताल लगिएतापनि उपचारको क्रममा उनको निधन भएको थियो । ३० पर्षिय पत्रकार पाण्डे पछिल्लो पाँच वर्ष देखि न्युज २४ टिभीमा कार्यरत थिए । भर्खरै मात्र उनले ब्युरो प्रमुखको जिम्मेवारी सम्हालेको टेलिभिजनले जनाएको छ । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा १ ड्राईभर टोलमा बा ७ च ६९५९ नंको कार सडक किनारको फलामे बारमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका पाण्डेलाई उपचारकालागि बुटवलको चौराहा अस्पताल लगिएतापनि उपचारको क्रममा उनको निधन भएको थियो । ३० पर्षिय पत्रकार पाण्डे पछिल्लो पाँच वर्ष देखि न्युज २४ टिभीमा कार्यरत थिए । भर्खरै मात्र उनले ब्युरो प्रमुखको जिम्मेवारी सम्हालेको टेलिभिजनले जनाएको छ ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।