युएनको गाडी भित्रै यौन लिला, भिडियो सामाजिक संजालमा भाइरल

Jun 28, 2020 08:44 AM Merolagani



संयुक्त राष्ट्र संघको नाम र नं प्लेट अंकित गाडीमा यौन क्रिडा भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। इजरायलका तेल अभिभमा आफ्ना दुई कर्मचारीले उक्त हर्कत गरेको संयुक्त राष्ट्र संघले स्विकार गरेको छ। उक्त घटनाले स्तब्ध भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

ट्वीटर तथा टिकटकमा निकै भाइरल भएको १८ सेकेन्डको भिडियो मार्फत उक्त घटना बाहिरिएको हो। छतमा युएन लेखिएको सेतो पजेरोको अगाडि सिटमा चालक देखिन्छन् भने पछिल्लो सिटमा एक पुरुषको काखमा रातो पहिरन लगाएकी युवती चलायमान रहेको भिडियो यतिबेला भाइल भएको छ।

उक्त हर्कतले संगठनको ओजमाथि गहिरो तनाव सिर्जना गरिएको भन्दै छानबिन थालिएको संयुक्त राष्ट्र संघको मुख्यालयले जनाएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।