नाडेप लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस कति?

Jun 28, 2020 11:59 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। यसका साथै लघुवित्तले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ।

लघुवित्तको असार ११ गते बसेको सञ्चालक समितिको ११८ औँ बैठकले सो निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ। १० प्रतिशतले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।