‘हेट स्पीच’को विरोधमा कोका कोलाले गर्यो यस्तो निर्णय

Jun 28, 2020 03:08 PM Merolagani



‘स्टप हेट फर प्रोफिट’ अभियानले सामाजिक सञ्जालमा आँधीको रुप लिएको छ। धेरै विशाल कर्पोरेसनहरुले यस अभियानमा सहभागिता जनाएका छन् र उनीहरुले ‘हेट स्पीच’को विरोधमा यी साइटहरुमा विज्ञापन नगर्ने प्रतिज्ञा गरेका छन्।

कोकाकोलाले अस्थायी रुपमा सामाजिक सञ्जाल (यूट्युबसहित) मा ‘पेड’ विज्ञापन नदिने घोषणा गरेको छ। यो कदम युनिलिभर, भेरिजोन जस्ता प्रमुख कम्पनीहरु जो यस अभियानमा सहभागी भएका छन्, उनीहरुलाई पछ्याएको हो।

अन्य धेरै ब्राण्डहरुले ‘पेड’ विज्ञापनलाई प्रवर्द्धन नगरि वा त्यस्ता विज्ञापनको खर्च घटाई यस अभियानमा सहभागिता जनाएका छन्।

अर्कोतर्फ कोकाकोलाले आफु सो अभियानमा सहभागिता नजनाएको स्पष्ट पारेको छ।

कम्पनीका सिइओ जेम्स क्वीन्सीका अनुसार विश्व र सामाजिक संजालमा जातिवादका लागि कुनै स्थान छैन । उनले सामाजिक संजालबाट धेरै जवाफदेहिता तथा पारदर्शिताको माग गरेका छन् ।

के गलत भएको थियो फेसबुकमा?

पछिल्लो अमेरिकी दंगाले शुरुवाती मुद्दाभन्दा धेरै ठूलो बनेको छ। जर्ज फ्लोडको हत्याले देशका काला जातीले सामना गर्ने दुर्व्यवहारप्रति जनताको ध्यानाकर्षण गरायो।

यस घटनाले राष्ट्रपति ट्रम्पको यस्ता घटनाहरु प्रतिको प्रतिक्रियालाई दर्शाएको छ, जसले यस वर्षको चुनाव जित्ने मार्गलाई केही हदसम्म कठिन बनाएको छ।

अमेरिकी आन्दोलनको शुरुवाती दिनहरुमा, ट्रम्पले फेसबुक र ट्वीटरमा एक टिप्पणी लेखेका थिए कि उनी राष्ट्रिय सुरक्षाकर्मीहरु परिचालन गर्दैछन्। उनले ‘लुट शुरु भयो कि गोली चल्ने’ चेतावनी पनि दिएका थिए। तर, सोही टिप्पणी ट्वीटरमा सेन्सर भएको बेलामा फेसबुकले केही प्रतिक्रिया जनाएन, किनकि यसले कम्पनी नीतिको उल्लंघन गरेको थिएन।

फेसबुकले के परिवर्तन गर्यो?

पछिल्ला घटनाहरुलाई विचार गरेर फेसबुकका सीईओ, मार्क जुकरबर्गले फेसबुकमा केही परिवर्तन गरेका छन्। र फेसबुक सो दंगाको परिणम भोग्ने कम्पनी भएतापनि यी परिवर्तन गर्नुपर्ने समय आएको थियो, जसले आगामी दिनहरुमा फेसबुकको प्रतिष्ठालाई बलियो बनाउन महत्वपूर्ण हुनेछ।
सोसल नेटवर्किङ्गको विशाल कम्पनीले आफ्नो पछिल्लो नीतिहरुमा कम्पनीहरुको प्रतिष्ठालाई वेवास्ता गर्दै यस मुद्दाहरुको सम्बोधन गरेको छ। (एजेन्सीको सहयोगमा)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।