एनएफआरएसमा विद्यमान कठिनाई लगायतका बिषयमा एक्यानले राष्ट्र बैंकलाई दियाे सुझाव

Jun 29, 2020 03:03 PM Merolagani



चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्रह गरेका छन्।

एक्यानका अध्यक्ष आनन्द वाग्लेको नेतृत्त्वमा गएको संघका पदाधिकारीहरुले कोभिड १९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे गभर्नर अधिकारीलाई एक प्रतिवेदन बुझाउँदै मौखिक सुझाव समेत दिएको छ। प्रतिबेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजलाई पुंजीकृत कसरी गर्ने,ऋणको बर्गीकरण र प्रोभिजनमा कसरी गर्ने,एनएफआरएसमा विद्यमान कठिनाई र त्यसको समाधान लगायतका बिषय समेटिएका छन्।

गभर्नर महाप्रसाद अधिकारीले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय शुसासन सन्तुलन रहने गरि काम गरिदिन आग्रह गरेका छन्।

साथै प्रतिबेदनमा रिभेन्यु अडिट,बैंकहरु को शाखाको अडिट,नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजाँदा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट,ओभरड्राफ्ट लोन लिंदा CA को सिफारिस चाहिने व्यवस्था,  तथा CA हरुसंगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था  मौद्रिक नीति मार्फत  गर्ने बिषय उल्लेख गरिएका छन्। 

साे अवसरमा गभर्नर अधिकारीले भने, 'सबैले आ आफ्ना व्यवसायको हित हुनेगरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाब दिइरहेका छन् तर सबै क्षेत्रमा सन्तुलन रहने गरि काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टसहरुको भूमिका महत्त्वपूर्ण रहन्छ।'त्यस्तै गभर्नर अधिकारीले मौद्रिक नीतिमा लेखा र लेखा परिक्षणलाई मौद्रिक नीतिमा भिन्नै शीर्षक दिनलाई राष्ट्र बैंकका अधिकारीलाई निर्देशन दिएका छन्।

छलफलमा गभर्नर अधिकारी सहित राष्ट्र बैंकको तर्फबाट नियमन बिभागका कार्यकारी निर्देशक देव ढकाल र टिकाराम खतिवडा उपस्थित थिए भने संघको तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुबेदी लगायतको उपस्थिति थियो।

 

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।