नागरिक लगानी कोषको पूँजी धेरै वर्षको लागि पर्याप्त छ : अर्थमन्त्री

Jun 29, 2020 03:30 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषको पूँजी धेरै वर्षको लागि पर्याप्त रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाका सदस्य कोमल वलीले कोषको विद्ययेक माथि राखेको जिज्ञासामा जवाफ दिँदै उनले सो भनाई राखेका हुन् ।

'कोषको पूँजी बारेमा यकिनका साथ भन्न सकिन्न तर कोषको यो पूँजी धेरै अर्को वर्षसम्मको लागि पर्याप्त छ । त्यसको आधारबाट कानुन संशोधन गर्नुपर्ने स्थिति नआउने सहजै अनुमान गर्न सकिन्छ ।' उनले भने ।

नागरिक लगानी कोष बचतलाई ट्रष्टिको रुपमा सञ्चालन गर्ने संख्या रहेको बताउदै उनले कोषको जगेडालाई बलियो बनाउन त्यो व्यवस्था गरिएको जनाकारी गराए । पूँजी संशोधनको लागि विद्येयक संशोधन गरिरहनु पर्ने आवश्यक नरहेको भनाई राखे । नागरिक लगानीको कोषको विद्ययेकमा पूँजी ३ अर्ब पुर्याउने उल्लेख छ ।

यस्तै कार्यकारी अधिकृत बोर्ड रहदाँ स्वार्थ बाझिने भएपछि सञ्चालक समितिको सदस्यमा नरहने व्यवस्था गरेको पनि अर्थमन्त्रीले स्पष्ट पारे । उनले भने,'कार्यकारी अधिकृत बोर्डमा रहदाँ स्वार्थ बाँझिने भएर यस्तो व्यवस्था गरिएको हो ।कम्पनी कानुन अनुसार चेक एण्ड ब्यालेन्सको नर्मलाई पालन गर्न यो व्यवस्था गरेको हो ।' 

राष्ट्रिय सभा सदस्य कोमल वलीले कार्यकारी अधिकृतलाई बोर्डमा नराख्दा बोर्ड र कार्यकारीबीच द्धन्द हुने सक्ने भन्दै त्यसबारे विचार गर्न आग्रह गरेकी थिइन् । 

यस्तै उनले काेषकाे पूँजी  निर्धरण नगरी कोषको क्षमता अनुसार बढाउदै लान सकिने गरी व्यवस्था गर्न पनि आग्रह गरिन ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।