सोमबार काठमाडौं,ललितपुर र भक्तपुरका समेत गरी ४७६ जनामा कोरोना संक्रमण पुष्टि

Jun 29, 2020 04:27 PM Merolagani



सोमबार काठमाडौंका ६ जना,ललितपुरका एक र भक्तपुरका एक जना समेत गरी नेपालमा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ । कुल संक्रमितमध्ये एक हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुषहरु रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १२१ रहेको छ । नेपालमा हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमण पाइएको छ ।

 

 

संक्रमितको विवरण :

मोरङ : १ महिला
सप्तरी :  १० महिला र ५ पुरुष
धनुषा : ६ पुरुष
महोत्तरी : ४ पुरुष
पर्सा : १ पुरुष
बाग्लङ : १ महिला र १३ पुरुष
अर्घाखाँची : ३ महिला र ३५ पुरुष
काठमाडौं : २ महिला र ४ पुरुष
भक्तपुर : १ पुरुष
ललितपुर : १ पुरुष
धनकुटा : १ पुरुष
गोरखा : ५ पुरुष
गुल्मी : ५ महिला र १५ पुरुष
खोटाङ : १ महिला
पाल्पा : १ महिला र १२ पुरुष
पर्वत : १ महिला र १२ पुरुष
प्युठान : २ महिला र ७ पु्रुष
रौतहट : १ महिला र १७ पुरुष
रोल्पा : १ पुरुष
रुपन्देही : ३ पुरुष
स्याङजा : १ महिला र ७ पुरूष
तनहुँ : ५ महिला र ४ पुरुष
धादिङ : १ महिला र १ पुरुष
चितवन : २ महिला र २ पुरुष
कैलाली : ८ महिला र २४ पुरुष
पाल्पा : १३ पुरुष
बारा : ३ पुरुष
मकवानपुर : १ पुरुष
काभ्रे : १ पुरुष
बाजुरा : २८ महिला र ७० पुरुष
कपिलवस्तु :२ महिला
रुपन्देही : २ महिला
डोल्पा : २ पुरुष
दाङ : २२ महिला र ३६ पुरुष
रुकुम : १ पुरुष
डोटी : १७ महिला र ५२ पुरुष

 

 

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।