एमसीसी नेपालले कम्प्याक्टको कार्यान्वयन मितिबारे पुर्नविचार गर्दै

Jun 29, 2020 06:10 PM Merolagani



विश्वव्यापी फैलिएको कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएका ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएकाे हुँदा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपालले कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनः विचार गर्ने जनाएको छ ।

यस अघिको सम्झौता अनुसार असार १६ मा कम्प्याक्टका कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति रहेपछि  एमसीसीले नयाँ  मितिबारे पुर्नविचार गर्ने भएकाे हाे । 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेका जनाएको छ ।

एमसिए–नेपाल कम्प्याक्टका कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाइ अगाडि बढाउनका लागि छिटोभन्दा छिटा संसदीय अनुमोदन सहितका बाँकी सबै पूर्व शर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको समेत एमसीसीले जनाएको छ ।






१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।