नवीकरण शुल्क तिर्ने म्याद एक साता थप, असार २२ भित्र बुझाए जरिवना नलाग्ने

Jun 29, 2020 07:01 PM Merolagani



बीमा समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाए जरिवाना (ब्याज) नलिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले असार १५ गतेसम्म कायम रहेकोमा अव बीमाशुल्क बापतको रकम संकलन गर्ने अवधि असार २२ गतेसम्म थप गरेको जनाएको हो ।

यस अघि बीमा समितिले जेठ ३२ गते जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तर सरकारले लकडाउन केही सहज मात्र गरेको यस अवस्थामा जीवन बीमा कम्पनीहरुले भने असार १५ पछि नवीकरण शुल्कमा व्याज छुट नपाउने सुचना प्रकाशित गरेका थिए । लकडाउको गलत बुझाईको विरोध आएपछि समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाउने समय थप गरेको हो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भनेर चैत ११ गतदेखि गरेको लकडाउन असार १ गतेदेखि केही खुकुलो मात्रै गरेको छ । तर पुर्ण रुपमा लकडाउन भने खुलेको छैन् । सरकारको निर्णयहरुमा समेत प्रष्ट रुपमा लकडाउन खुला गरेको निर्णय गरेको छैन् ।

तर जीवन बीमा कम्पनीहरुको संगठन बीमक संघले भने आर्थिक गतिविधिहरु सुचाररू भएकोले बीमा कम्पनीहरुको प्रयोजनका लकडाउन खुला भएको दाबी गर्दै असार १६ गतेदेखि नवीकरण शुल्कमा ब्याज लिने निर्णय गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।