नवीकरण शुल्क तिर्ने म्याद एक साता थप, असार २२ भित्र बुझाए जरिवना नलाग्ने

Jun 29, 2020 07:01 PM Merolagani



बीमा समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाए जरिवाना (ब्याज) नलिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले असार १५ गतेसम्म कायम रहेकोमा अव बीमाशुल्क बापतको रकम संकलन गर्ने अवधि असार २२ गतेसम्म थप गरेको जनाएको हो ।

यस अघि बीमा समितिले जेठ ३२ गते जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तर सरकारले लकडाउन केही सहज मात्र गरेको यस अवस्थामा जीवन बीमा कम्पनीहरुले भने असार १५ पछि नवीकरण शुल्कमा व्याज छुट नपाउने सुचना प्रकाशित गरेका थिए । लकडाउको गलत बुझाईको विरोध आएपछि समितिले असार २२ गतेसम्म बीमाशुल्क बुझाउने समय थप गरेको हो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भनेर चैत ११ गतदेखि गरेको लकडाउन असार १ गतेदेखि केही खुकुलो मात्रै गरेको छ । तर पुर्ण रुपमा लकडाउन भने खुलेको छैन् । सरकारको निर्णयहरुमा समेत प्रष्ट रुपमा लकडाउन खुला गरेको निर्णय गरेको छैन् ।

तर जीवन बीमा कम्पनीहरुको संगठन बीमक संघले भने आर्थिक गतिविधिहरु सुचाररू भएकोले बीमा कम्पनीहरुको प्रयोजनका लकडाउन खुला भएको दाबी गर्दै असार १६ गतेदेखि नवीकरण शुल्कमा ब्याज लिने निर्णय गरेको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।