चीन विरुद्ध भारतको डिजीटल वार, टिकटकसहित ५९ वटा एप्समा प्रतिबन्ध

Jun 30, 2020 09:34 AM Merolagani



लद्दाख घटनालाई लिएर भारतले चीन विरुद्ध डिजीटल युद्ध छेडेको छ। सोमबार चीनमा बनेका र चीनसँग सम्बन्धित ५९ वटा एप्स बन्द गर्न भारत सरकारले टेलीकम्युनिकेसन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

भारतको उक्त निर्णयपछि विश्व चर्चित मोबाइल एप्स टिकटकमा समेत भारतमा प्रतिबन्ध लागेको छ । यस्तै सेयरइट,जेन्डर,भीमेट,स्वस्ट सेल्फी सहितका ५९ वटा एप्स अब भारतमा चलाउन पाइने छैन ।

सार्वभौम सुरक्षाकालागि ती एप्सहरु खतरापुर्ण रहेको भन्दै गृहमन्त्री अमित शाहले ती एप्स प्रतिबन्ध गर्ने निर्णयलाई सदर गरेका थिए । त्यसलगत्तै मोबाइल सेवा प्रदायकहरुलाई भारतले एप्स बन्द गर्न निर्देशन दिएको थियो ।

एजेन्सीकाे सहयाेगमा ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।