चीन विरुद्ध भारतको डिजीटल वार, टिकटकसहित ५९ वटा एप्समा प्रतिबन्ध

Jun 30, 2020 09:34 AM Merolagani



लद्दाख घटनालाई लिएर भारतले चीन विरुद्ध डिजीटल युद्ध छेडेको छ। सोमबार चीनमा बनेका र चीनसँग सम्बन्धित ५९ वटा एप्स बन्द गर्न भारत सरकारले टेलीकम्युनिकेसन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

भारतको उक्त निर्णयपछि विश्व चर्चित मोबाइल एप्स टिकटकमा समेत भारतमा प्रतिबन्ध लागेको छ । यस्तै सेयरइट,जेन्डर,भीमेट,स्वस्ट सेल्फी सहितका ५९ वटा एप्स अब भारतमा चलाउन पाइने छैन ।

सार्वभौम सुरक्षाकालागि ती एप्सहरु खतरापुर्ण रहेको भन्दै गृहमन्त्री अमित शाहले ती एप्स प्रतिबन्ध गर्ने निर्णयलाई सदर गरेका थिए । त्यसलगत्तै मोबाइल सेवा प्रदायकहरुलाई भारतले एप्स बन्द गर्न निर्देशन दिएको थियो ।

एजेन्सीकाे सहयाेगमा ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।