दोस्रो दिन पनि पुनर्बीमा कम्पनीको शेयरमा नेगेटिभ सर्किट

Jun 30, 2020 12:14 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC) काे शेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको शेयरमूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।

कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको छ। सोमबारदेखि खुलेको कम्पनीको शेयर, पहिलो दिन पनि झण्डै १० प्रतिशत अर्थात ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा झरेको थियो। 

अहिले कम्पनीको मार्केट डेप्थमा खरिद गर्ने लगानीकर्ता छैनन् भने बिक्री गर्ने लगानीकर्ताको चाप उच्च छ। कम्पनीकाे मार्केट डेप्थमा ५४ हजार ८५१ कित्ता शेयर बिक्रीकाे लागि राखिएको देखिन्छ।

यस कम्पनीको शेयर साेमबार दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा बढेपनि साे कम्पनीकाे शेयरमूल्य बढ्न सकेकाे छैन।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।