दोस्रो दिन पनि पुनर्बीमा कम्पनीको शेयरमा नेगेटिभ सर्किट

Jun 30, 2020 12:14 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC) काे शेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको शेयरमूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।

कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको छ। सोमबारदेखि खुलेको कम्पनीको शेयर, पहिलो दिन पनि झण्डै १० प्रतिशत अर्थात ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा झरेको थियो। 

अहिले कम्पनीको मार्केट डेप्थमा खरिद गर्ने लगानीकर्ता छैनन् भने बिक्री गर्ने लगानीकर्ताको चाप उच्च छ। कम्पनीकाे मार्केट डेप्थमा ५४ हजार ८५१ कित्ता शेयर बिक्रीकाे लागि राखिएको देखिन्छ।

यस कम्पनीको शेयर साेमबार दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा बढेपनि साे कम्पनीकाे शेयरमूल्य बढ्न सकेकाे छैन।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।