नेप्सेमा लाग्यो दोस्रो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

Jun 30, 2020 12:22 PM Merolagani



बजार उच्च रुपले बढेपछि नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। बजार खुलेको एक घण्टा १७ मिनेटमैै बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको हो।

यस दिन नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५.०४ प्रतिशत अर्थात ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ। यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भउको थियो। सो विस मिनेट पश्चात खुलेको बजारमा पनि खरिद चाप बढ्दा बजार उच्च अंकले बढेको हो।

सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।