नेप्सेमा लाग्यो दोस्रो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

Jun 30, 2020 12:22 PM Merolagani



बजार उच्च रुपले बढेपछि नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। बजार खुलेको एक घण्टा १७ मिनेटमैै बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको हो।

यस दिन नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५.०४ प्रतिशत अर्थात ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ। यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भउको थियो। सो विस मिनेट पश्चात खुलेको बजारमा पनि खरिद चाप बढ्दा बजार उच्च अंकले बढेको हो।

सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।