आमिर खानका कर्मचारीमा कोरोना पुष्टि,आमा जीनतको परीक्षण हुँदै

Jun 30, 2020 01:30 PM Merolagani



बलिउडका चर्चित अभिनेता आमिर खानका कर्मचारीमा कोरोना पुष्टि भएको छ। यससँगै आमिरका सम्पुर्ण परिवारको कोरोना परीक्षण भएको छ।

आमिरले मंगलबार आफ्नो ट्वीटरमार्फत साे जानकारी दिएका हुन्। उनले आफू लगायत आफ्नो परिवारको कोरोना परीक्षण नेगेटिभ आएको पनि बताएका छन्। यद्यपी, उनले आफ्नी आमा जीनतको परीक्षण हुन गइरहेको र उनको नतिजा नेगेटिभ देखियोस् भन्ने प्रार्थना गर्न सबैलाई आग्रह गरेका छन्।

आमिरले आमाको कोरोना परीक्षण उनको समुहको अन्तिम परीक्षण रहेको पनि उल्लेख गरेका छन्।आमिर श्रीमती किरण राव, छोरा आजाद र छोरी इरासँग मुम्बईमा बस्दै आएका छन्। हाल उनका कर्मचारीको उपचार भइरहेको पनि आमिरले बताएका छन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।