मिर्मिरे लघुवित्तले स्वेडालाई प्राप्ति गरी असार २१ गतेदेखि एकिकृत कारोबार गर्ने

Jul 02, 2020 10:07 AM Merolagani



मिर्मिरे लघुवित्त (MMFDB) ले स्वेडा लघुवित्तलाई प्राप्ति गरी असार २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न राष्ट्र बैंकबाट असार ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ७ गते अन्तिम स्वीकृति पाएकाे थिए।

धादिङको धार्केमा केन्द्रीय कार्यालय रहि १० जिल्ला कार्यक्षेत्र रहेको स्वेडालाई प्राप्ति गर्ने प्रस्ताव गत वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।

बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्था र धादिङको स्वेडा लघुवित्तले गत चैत १७ गते विशेष साधारण सभाबाट एक्वीजिसन सम्बन्धि प्रस्ताव पारित गरेका थिए। पुस २७ गते दुई लघुवित्त विच एक्वीजिशन सम्झौता भएको थियो।

प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।