नेपाल पुर्नबीमा कम्पनीको अध्यक्षमा पुरुषाेत्तम सुबेदी

Jul 02, 2020 01:17 PM Merolagani



नेपाल पुर्नबीमा कम्पनीको अध्यक्षमा पुरुषोत्तम सुबेदी नियुक्त भएका छन् । असार १५ गते मन्त्रीस्तरको निर्णयबाट सुबेदीलाई अर्को व्यवस्था नभए सम्म कामकाजको लागि अध्यक्ष नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष महेश कुमार पुरागाईंको असार १४ गते पदावधि समाप्त भएपछि अध्यक्ष पद रिक्त थियो ।

मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पठाएको पत्रको आधारमा कम्पनीले सुबेदीलाई अर्को व्यवस्था नभए सम्मको लागि कामकाजको लागि अध्यक्ष नियुक्त गरेको जनाएको छ ।

 सुबेदी कम्पनीको स्वतन्त्र संञ्चालक हुन् । 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।