श्रम स्वीकृति पुनः खुल्यो, तत्काल नयाँले भने नपाइने

Jul 02, 2020 01:07 PM Merolagani



वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति  पुनः खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति खुलेको हो ।

  श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले पुन बैदेशिक  रोजगारमा जानेहरुका लागि पुन श्रम स्वीकृति खुलेको मेरो लगानीलाई जानकारी गराए । उनले आजै बाट श्रम स्वीकृति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको बताए ।

उनले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गरिने बताए । तत्कालकाे लागि भने नयाँ श्रम स्वीकृति नपाइने उनको भनाई छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।