Tue, Dec 16, 2025
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति खुलेको हो ।
श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले पुन बैदेशिक रोजगारमा जानेहरुका लागि पुन श्रम स्वीकृति खुलेको मेरो लगानीलाई जानकारी गराए । उनले आजै बाट श्रम स्वीकृति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको बताए ।
उनले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गरिने बताए । तत्कालकाे लागि भने नयाँ श्रम स्वीकृति नपाइने उनको भनाई छ ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।