जापान सरकारको ३० करोड ८० लाख अनुदान स्वीकार गर्ने मन्त्रीपरिषदकाे निर्णय

Jul 02, 2020 05:24 PM Merolagani



मन्त्रीपरिषदको असार १५ गते बसेको बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारको प्रदान गर्ने ३० करोड ८० लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन्।

त्यस्तै मोरङ नौबीसे २२० केभि, कुशाह–विराटनगर क्षेत्रका लागि प्रसारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय गरेको छ । हत्या भएर मृत्यु भएका सर्लाहीका रामजनम रायको परिवारलाई राहात क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

विदामा नेपाल आएका तथा भिसा अवधि र करार अवधि बाँकी रहेका हकमा बैदेशिक रोजगारीमा जान दिने निर्णय भएको खतिवडाले बताए। सम्पूर्ण अन्तर्राष्ट्रिय सीमा साउन ७ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ। मालसामानको ढुवानीलाई भने यथावत राख्ने निर्णए भएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।