राष्ट्र बैंकले पूर्व गभर्नरहरूलाई सोध्याे–‘मौद्रिक नीतिमा कस्तो ल्याउँदा ठीक हुन्छ’

Jul 02, 2020 05:36 PM Merolagani



नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरहरूसँग आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो ल्याउनु ठिक होला भनेर छलफल गरेको छ । निजी क्षेत्रसँग सुझाव लिने काम सकिएपछि केन्द्रीय बैंकले आज पूर्वगभर्नरहरूसँगबाट सुझाव लिएको हो ।

पूूर्व गभर्नरहरूले कोरोना भाइरसका कारण सिर्जना भएको असहज परिस्थिलाई ख्याल गरेर मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । बैंक तथा वित्तीय स्थायित्व कायम गर्ने र उद्योग व्यवसायीलाई पनि उत्थान हुने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको एक पूर्व गभर्नरले बताए ।

नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । भूकम्प र नाकाबन्दी भन्दा अहिलेको अवस्था ज्यादै भयावह भएकोले सबैसँग सल्लाह सुझाव लिएर मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।