राष्ट्र बैंकले पूर्व गभर्नरहरूलाई सोध्याे–‘मौद्रिक नीतिमा कस्तो ल्याउँदा ठीक हुन्छ’

Jul 02, 2020 05:36 PM Merolagani



नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरहरूसँग आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो ल्याउनु ठिक होला भनेर छलफल गरेको छ । निजी क्षेत्रसँग सुझाव लिने काम सकिएपछि केन्द्रीय बैंकले आज पूर्वगभर्नरहरूसँगबाट सुझाव लिएको हो ।

पूूर्व गभर्नरहरूले कोरोना भाइरसका कारण सिर्जना भएको असहज परिस्थिलाई ख्याल गरेर मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । बैंक तथा वित्तीय स्थायित्व कायम गर्ने र उद्योग व्यवसायीलाई पनि उत्थान हुने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको एक पूर्व गभर्नरले बताए ।

नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । भूकम्प र नाकाबन्दी भन्दा अहिलेको अवस्था ज्यादै भयावह भएकोले सबैसँग सल्लाह सुझाव लिएर मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।