महालक्ष्मी विकास बैंकद्वारा दैनिक ज्याला मजदुरी गर्नेलाई राहत प्याकेज वितरण

Jul 03, 2020 01:51 PM Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) को न्यूरोड शाखाले दैनिक ज्याला मजदुरी गर्ने पोखरा महानगरपालिकास्थित ५० घरका श्रमिक परिवारहरुका लागि ५०,००० रुपैँयाको आर्थिक सहयोग गरेको छ।

बैंकले काेराेना महामारीका कारण भएकाे लकडाउनकाे समयमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भाेगेकाे भन्दै राहत प्याकेज वितरण गरेकाे हाे।

बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई पचास हजार रकमको चेक हस्तान्तरण गरेका हुन्। 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।