एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, साढे ४६ हजारले २० कित्ता पाए

Jul 04, 2020 09:17 AM Merolagani



एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।

लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ।

आईपीओ रिजल्ट केहिबेरमा मेरो लगानीमा हेर्न सक्नुहुनेछ । 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।