Wed, Mar 11, 2026
कोरोनाको कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतमले उक्त जानकारी गराएका हुुन् ।
उनका अनुसार मृत्यु हुनेमा गोरखाको ४४ वर्षीय पुरुष र रुपन्देहीको ७५ वर्षीय पुरुष छन् । गोरखाका मृतक असार १७ गते कतारबाट नेपाल भित्रिएका युवा हुन् । उनलाई असार १९ गते निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थियो । उनको असार २० गते बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनमा असार १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै रूपन्देही देवदहका ७५ वर्षे पुरूष असार १४ गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको असार १७ गते मृत्यु भएको थियो । उनमा असार १८ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
उनका अनुसार मृत्यु हुनेमा गोरखाको ४४ वर्षीय पुरुष र रुपन्देहीको ७५ वर्षीय पुरुष छन् ।
गोरखाका मृतक असार १७ गते कतारबाट नेपाल भित्रिएका युवा हुन् । उनलाई असार १९ गते निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थियो । उनको असार २० गते बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनमा असार १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै रूपन्देही देवदहका ७५ वर्षे पुरूष असार १४ गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको असार १७ गते मृत्यु भएको थियो । उनमा असार १८ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।