कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृत्यु हुुनेको संख्या ३४ पुग्यो

Jul 04, 2020 04:41 PM Merolagani



कोरोनाको कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतमले उक्त जानकारी गराएका हुुन् ।

उनका अनुसार मृत्यु हुनेमा गोरखाको ४४ वर्षीय पुरुष र रुपन्देहीको ७५ वर्षीय पुरुष छन् ।

गोरखाका मृतक असार १७ गते कतारबाट नेपाल भित्रिएका युवा हुन् । उनलाई असार १९ गते निमोनिया भएपछि गोरखा अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थियो । उनको असार २० गते बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनमा असार १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै रूपन्देही देवदहका ७५ वर्षे पुरूष असार १४ गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको असार १७ गते मृत्यु भएको थियो । उनमा असार १८ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।