रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो

Jul 05, 2020 12:13 PM Merolagani



रिलायन्स लाइफ (RLIL) र सानिमा जनरल इन्स्योरेन्स सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनी जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशनको लागि धितोपत्र बोर्ड पुगेको हो।

रिलायन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। आईपीओ निष्काशन गर्न इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो।

यस्तै, सानिमा जनरल इन्स्योरेन्सले जारी पूँजी एक अर्बको ३० प्रतिशत अर्थात ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। आईपीओ निष्काशनको लागि इन्स्योरेन्सले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।