उनले कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले भनिन्,‘यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ।’ उनले उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् । उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन, घर घरमा समृद्ध ल्याउनका सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधानलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी संचालन गर्नुपर्ने बताइन्
उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । ‘अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ ।’ उनले भनिन् ।
जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए ।
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ÷संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो ।प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ ।
नमुना कोपसपको संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान प्रदान गरेको छ ।