आइतबार यस्ताे छ सुनकाे भाउ

Jul 05, 2020 12:56 PM Merolagani



गत साता ओरालो लागेको सुनको मूल्य असार २१ गते आइतबार स्थीर रहेको छ। यस दिन सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँ कायम रहेको छ । अघिल्लो साताको बुधबार सुनको मूल्य उकालो लाग्दै प्रतितोला ९१ हजार ७०० रुपैयाँसम्म पुगेको थियो । तर बिहीबार ताेलामा ७०० रूपैयाँले घटेर  ९१ हजार पुगेकाे थियाे ।

यसैगरी चाँदीको मूल्य पनि आइतबार स्थिर रही प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको बुधबार चाँदीको मूल्य ९६० सम्म पुगेको थियो ।                                                   

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा