Thu, Sep 24, 2026
पछिल्लो ४ कारोबार दिनमा तीव्र उतारचढाव देखिएको शेयर बजार यस दिन स्थिर देखिएको छ। लकडाउनपछि खुलेको बजार, लगानीकर्ताहरुको अस्थिर मनस्थितिका कारण ३ कारोबार दिन सर्किट ब्रेक लागि कारोबारको दुई घण्टा पनि नबित्दै बन्द भएको थियो।
तर, यस दिन नेप्सेमा सामान्य उतारचढाव मात्र देखिएको छ। लगानीकर्ताहरु संयमित भएर लगानी गरिरहेका छन्। पछिल्ला कारोबार दिनहरुमा देखिएको कम भोल्यूममा पनि तीव्र उतारचढाव यस दिन देखिएको छैन। यस दिन बिक्रीकर्ता र खरिदकर्ताहरुको सन्तुलन देखिएको छ। आइतबार १ बजेसम्ममा नेप्से परिसूचक करिब ११ अंक बढेर विन्दुमा पुगेको छ। सो अवधिसम्ममा १६० कम्पनीहरुको ११ हजार ४०७ पटकको कारोबारमा ५५ करोड ९९ लाख ८७ हजार रुपैयाँ बराबरको १५ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। सो अवधिसम्ममा कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। सो अविधसम्म जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने साल्ट ट्रेडिङ्गको ७ प्रतिशतभन्दा बढी घटेको छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
तर, यस दिन नेप्सेमा सामान्य उतारचढाव मात्र देखिएको छ। लगानीकर्ताहरु संयमित भएर लगानी गरिरहेका छन्। पछिल्ला कारोबार दिनहरुमा देखिएको कम भोल्यूममा पनि तीव्र उतारचढाव यस दिन देखिएको छैन। यस दिन बिक्रीकर्ता र खरिदकर्ताहरुको सन्तुलन देखिएको छ।
आइतबार १ बजेसम्ममा नेप्से परिसूचक करिब ११ अंक बढेर विन्दुमा पुगेको छ। सो अवधिसम्ममा १६० कम्पनीहरुको ११ हजार ४०७ पटकको कारोबारमा ५५ करोड ९९ लाख ८७ हजार रुपैयाँ बराबरको १५ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
सो अवधिसम्ममा कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। सो अविधसम्म जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने साल्ट ट्रेडिङ्गको ७ प्रतिशतभन्दा बढी घटेको छ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।