बैंकलाई ब्रोकर लाइसेन्स दिने गरी झाँक्री नेतृत्वको समितिले तयार पार्यो प्रतिवेदन

Jul 06, 2020 07:04 PM Merolagani



बैंकलाई ब्रोकर लाइसेन्स दिने गरि संघीय संसदको अर्थ समितिले सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले प्रतिवेदन तयार गरेको छ । समितिकाे उच्च स्राेतका अनुसार, प्रतिवेदन सम्भव भएसम्म भोली नभए पर्सिसम्ममा सार्वजनिक  तयारी भएकाे छ ।

अर्थ समितिले झाँक्रीको नेतृत्वमा रामबाबु यादव,प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

असोज २९ गते भित्र प्रतिवेदन बुझाउन भनेपनि थियो । तर त्यो मितिमा प्रतिवेदन बुझाउन उक्त समितिले सकेको थिएन् ।

उपसमिति अलमलका कारण समयसिमा नाघेको करिव ९ महिना पछि मात्र प्रतिवेदन बुझाउन लागेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघले वाणिज्य बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिन दवाव दिइरहेका थिए ।

गत साउन २९ गते अर्थ समितिले दुई महिना भित्र प्रतिवेदन पेश गर्न उक्त उपसमितिलाई निर्देशन दिएको थियो ।

नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई शेयर कारोबार गर्न बाटो खोलिदिएको थियो । त्यही नीति अनुसार राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न स्वीकृति दिइसकेको थियो ।

तर अर्थ समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने काम तत्काल बन्द गर्न गत साउन २९ गते निर्देशन दिएको थियो । त्यसपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने काम बन्द गरिएको थियो ।

अहिलेसम्म ५० स्टक ब्रोकर कम्पनीले मुलुकका प्रमुख शहरमा शाखा खोली शेयर ब्रोकरको काम गरिरहेका छन् ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।