बिहिबार कोरोना संक्रमित कम भेटिए,डिस्चार्ज हुनेको संख्या १३९

Jul 09, 2020 04:24 PM Merolagani



बिहिबार १०८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका पाँच जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । नेपालमा हालसम्म १६ हजार ५३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १३९ रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना पुर्ण रुपमा निको हुनेको संख्या सात हजार ८९१ पुगेको छ ।

नेपालमा पाँच सय भन्दा बढि संक्रमित रहेका जिल्ला महोत्तरी, रौतहट, अछाम, पाल्पा, कैलाली र बाजुरा छन् । यसैगरी धनकुटा,भोजपुर,सोलुखुम्बु,मुस्ताङ र हुम्ला कोरोना मुक्त भएका जिल्ला हुन् ।

संक्रमितको प्रोदेशिक विवरण यस्तो छ :

प्रदेश १ः सक्रिय संक्रमितः १९६, डिस्चार्जः ५४३

प्रदेश २ः सक्रिय संक्रमितः २ हजार २४, डिस्चार्जः २ हजार २३४

बाग्मती प्रदेशः सक्रिय संक्रमितः ४२९, डिस्चार्जः २८७

गण्डकी प्रदेशः सक्रिय संक्रमितः ८६२, डिस्चार्जः ३५५

प्रदेश ५ :  सक्रिय संक्रमित : एक हजार ७२७, डिस्चार्ज : दुई हजार २९६

सुदूरपश्चिम प्रदेशः सक्रिय संक्रमितः २ हजार ९६२, डिस्चार्जः ९३८

कर्णाली प्रदेशः सक्रिय संक्रमितः ४०५, डिस्चार्जः १ हजार २३८

सुदूरपश्चिम प्रदेशः सक्रिय संक्रमितः २ हजार ९६२, डिस्चार्जः ९३८

पछिल्लाे २४ घण्टामा थपिएका संक्रमितको विवरण :

झापा : १
सुनसरी : १
सप्तरी : २
धनु्षा : २
सिराहा : ४
दार्चुला : १
डोटी : २
सर्लाही : १
नुवाकोट : १
चितवन : ४
नवलपरासी : १
मकवानपुर : १
बाग्लुङ : ३
सिन्धुपाल्चोक : १
तनहुँ : १
म्याग्दी : २
गोरखा : २
कास्की : ४
लम्जुङ : ५
बाँके : २
दाङ : ७
दैलेख : ३
मुगु : २
सुर्खेत : १८
बझाङ : १६
अछाम : ४
बाजुरा : २
कन्चनपुर : २
कैलाली : ८
काठमाडौं : ५

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।