नेशनल लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन हुने

Jul 10, 2020 04:52 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को शेयर संरचना परिवर्तन हुने भएको छ । इन्स्योरेन्सले संस्थापक शेयरको १० प्रतिशतलाई सर्वसाधारणमा शेयरमा रुपान्तरण गर्ने भएको हो ।

कम्पनीमा हाल संस्थापक शेयर स्वामित्व ६५ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३५ प्रतिशत रहेको छ । त्यसलाई परिवर्तन गरि संस्थापक शेयरधनीहरुको स्वामित्व ६५ प्रतिशतबाट ५५ प्रतिशतमा कामय गर्ने र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ३५ प्रतिशतबाट ४५ प्रतिशत कायम गर्ने भएको हो ।

शेयर संरचना परिवर्तन गर्ने कम्पनीको २०७६ कार्तिक २४ गते सम्पन्न ३१ औं वािर्षक साधारण सभाबाट निर्णय भएको थियो । त्यस अनुसार बीमा समितिको स्वीकृति प्राप्त गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख समेत भइसकेको कम्पनीले जनाएको छ ।

कोही संस्थापक शेयरधनीलाई आफ्नो स्वामित्वमा रहेको संस्थापक समुहको शेयरलाई सर्वसाधारण समुहमा परिणत गर्न इच्छुक नभएमा ३५ दिनभित्र केन्द्रीय कार्यालय लाजिम्पाटमा स्वघोषणा गरि निवेदन दिन आग्रह गरेको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।