भद्र सहमति तोडियो,अब ब्याजदर निर्धारण गर्ने जिम्मा बैंकलाई

Jul 13, 2020 03:02 PM Merolagani



वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले ब्याजदरमा गरेको भद्र सहमतिलाई तोडने निर्णय गरेका छन् ।  सिइओहरूको छाता संस्था नेपाल बैंकर्स संघको आज बसेको बैठकले निक्षेपको ब्याजदरमा लगाइएको तगारो हटाउने निर्णय गरेका हुन् ।

 

यसअघि बैंकका सिइओहरूले भद्र सहमति गर्दै संस्थागत मुद्दती निक्षेपको ब्याज दर ७ प्रतिशत, सर्वसाधारण मुद्दतीको साढे ८ प्रतिशत र बचतको साढे ५ प्रतिशत तोकेका थिए । तर, अब बैंकमा लगानीयोग्य रकम प्रशस्त भएका भन्दै त्यस्तो निक्षेपको ब्याजदर तोक्न नपर्ने स्थिति आएपछि यसअघिको भद्र सहमति तोडने निर्णय गरेका हुन् ।

बैंकर्स संघले आजबाट ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरूलाई छाडदिएको बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।