काठमाडाैं उपत्यकाका नाै जना समेत गरी १४४ कोरोना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज

Jul 13, 2020 04:26 PM Merolagani



सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितहरु ६ हजार ६१३ जना रहेका छन् ।

सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७०५ रहेको छ । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या ६०.७ प्रतिशत अर्थात १० हजार २९४ रहेको छ ।

संक्रमितको विवरण : 

झापा : ४

मोरङ १

सुनसरी :१

सप्तरी : १

धनुषा : २७

महोत्तरी : ४

काठमाडौं : ३

कपिलवस्तु : ९

भक्तपुर : १

ललितपुर : ५

काभ्रे : १

कैलाली : ११

म्याग्दी : २

दोलखा : १

मकवानपुर : १

रौतहट : ९

सिन्धुली : १

बाग्लुङ : २

पर्वत : १

स्याङजा : १

तनहुँ : २

बर्दिया : २

दाङ : २

रुकुम : २

बाँके : १

दैलेख : २

जाजरकोट : १

सुर्खेत : ४१

बझाङ : २

बैतडी : २

अछाम : १

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।