साधना लघुवित्तको आइपीओ बाँडफाँड,३ लाख ८१ हजार आवेदकको हात खाली

Jul 13, 2020 05:16 PM Merolagani



साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २९ गते सोमबार (आज) बाँडफाँड भएको छ। ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन भने बाँकी आवेदकको हात खाली भएको छ।

लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। लघुवित्तको आइपीओमा आवेदन गर्ने ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ। 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।