Thu, Mar 26, 2026
साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २९ गते सोमबार (आज) बाँडफाँड भएको छ। ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन भने बाँकी आवेदकको हात खाली भएको छ।
लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो। आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। लघुवित्तको आइपीओमा आवेदन गर्ने ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ।
लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।
आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। लघुवित्तको आइपीओमा आवेदन गर्ने ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ।
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।