जलस्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख ९ लाख घुससहित पक्राउ

Jul 14, 2020 08:55 PM Merolagani



जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख घुस रकमसहित पक्राउ परेका छन्।

निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले डिभिजन प्रमुख श्रेष्ठलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुसलिएको अवस्थामा पक्राउ गरेको हो।

श्रेष्ठलाई जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा. १ स्थित वेसक्याम्प भित्र रहेको निजकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।